पर्यटन

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखा । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीयतहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाकोअजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेकसर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए  सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्षयुवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीचसम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथाप्रवद्र्धनात्मक संयोजन टान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईलेजानकारी दिए । सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआरतयार गर्ने, नयाँ पदमार्गको प्रवद्र्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार गरी शुभारम्भ गरिनेछ । विगत ४५वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको समेत नयाँ पदमार्गखोजेर पर्यटन प्रवद्र्धन गरिसकेको छ । कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले टानसँगको समन्वयनमा लमजुङ तथा गोरखाका उत्तरी गाउँपालिकासँग सहकार्यगरेर तत्काल काम सुरु गर्ने बताए । उनले पदमार्ग पूर्वाधार विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग समेत हातेमालो गरेर अगाडिबढ्ने प्रतिबद्धता व्यक्त गरे । अजिरकोट गाउँपालिकाका प्रमुख देवकोटाले अजिरकोटको भच्चेक बजारलाई नयाँ पदमार्गको प्रवेशद्वार  तथा हिल स्टेशनका रुपमाविकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । मस्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले नयाँ पदमार्गलाई छिमेकी जिल्ला मनाङसँगजोड्ने गरी सहकार्य गरिने बताए । दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले राइनासकोटलाई नयाँ पदमार्गसँग जोड्नकालागि राइनास नगरपालिकासँग सहकार्य गरिने उल्लेख गरे । नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताललगायत प्राकृतिक तथासांस्कृतिक क्षेत्र पर्दछन् ।  रासस 

‘भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक’ : पर्यटन मन्त्री

टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने

मनास्लु आरोहण गर्नेमा जापानी नागरिक बढी रहेकोमा पछिल्लो समय चिनियाँ र युरोपियन राष्ट्रका नागरिक बढि

आँबुखैरेनीको मनमोहक झरना ऐना पहरा झरना

लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङमा पर्यटन महोत्सव मनाउने तयारी

बेँसीशहरमा पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव

नेपाल गन्तव्यबारे चीनमा तीव्र प्रचारप्रसार

गोसाइँकुण्डमा १० हजार भक्तजन

कोन्ज्योसोमले एक लाख पर्यटक भित्र्याउने लक्ष्य

लमजुङको विख्यात दूधपोखरी कुण्डमा जनैपूर्णिमा नुहाउनेहरुको भिड