- ADVERTISEMENT -
- ADVERTISEMENT -

सामुहिक बलात्कार अभियोगमा नेविसंघ नेता शिशिर क्षेत्रीसहित तीन जनालाई १० बर्ष कैद

October 4, 2018
2278
Shares
- ADVERTISEMENT -

पर्वत, असोज १८

सामुहिक बलात्कारको अभियोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतालार्इ १० बर्षको जेल सजाँय तोकिएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधारा निवासी नेविबसंघका नेता शिशिर क्षेत्रीलार्इ अदालतले १० बर्ष कैद सजायँ सुनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

क्षेत्री पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन । क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । क्षेत्री २०७४ चैत्र १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

१६ वर्षीया बालिकालाई तीन जना मिलेर सामूहिक बलात्कार गरेको अभियोगमा अदालतमा मुद्धा चलाइएको थियो । नेबिसंघ नेता क्षेत्रीका साथै कुश्मा नगरपालिका–५ का सुजल श्रेष्ठ र फलेवास नगरपालिका–६ का सौगात शर्मा पौडेलले बालिका बलात्कार गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

बाग्लुङको चैते दसै मेलाबाट फर्कदै गरेका दुई जना बालिकाललाई मोटरसाइकलमा लिफ्ट दिने भन्दै उनीहरुले होटलमा लगेर बलात्कार गरेका थिए । दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षीया बालिकालाई भाग्न खोज्दा खोज्दै समातेर सामुहिक बलात्कारको शिकार बनाइएको थियो । अदालतले सो मुद्धामा उनीहरुतिनै जनालाई दोषी ठहर गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -