- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

युवकको हत्या भएको विषयमा अनुसन्धना गर्न धनुषाका क्रसर व्यवसायी पक्राउ

January 12, 2020
718
Shares
- ADVERTISEMENT -

धनुषा, २७ पौष २०७६ । खोलाको गिट्टीबालुवाको अवैध उत्खननको विरोध गरेपछि टिपरले किचेर एक युवकको हत्या भएको विषयमा अनुसन्धना गर्न धनुषाका क्रसर व्यवसायी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गराएको आरोपका सम्बन्धमा अनुसन्धान गर्न उनलाई प्रहरीले पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

विपीनलाई शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–१, भानुचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे ४ बजेतिर ‘मर्निङ वाक’मा गएको बेला ना७ख ६४१३ नम्बरको टिपरले औरही खोलानजिक दिलीपलाई किचेको थियो ।

- ADVERTISEMENT -

Advertisement

भारतमा इन्जिनियरिङ पढ्दै गरेका उनले क्रसर व्यवसायीहरुबाट धनुषाका नदीहरुमा भइरहेको जथाभावी उत्खनन्को विरोध गर्दै आएका थिए ।

घटनापछि शुक्रबारै टिपर र चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको थियो ।

स्थानीय र परिवारका सदस्यले पनि क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलीपका बुवालाई छोरालाई नसम्झाए मारीदिने धम्की दिएका थिए ।

हत्याको विरोधमा शुक्रबार दिनभर ढल्केबर क्षेत्र तनावग्रस्त बनेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -