- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिका अश्राङमा स्वास्थ्य शिविर

November 27, 2019
1369
Shares
- ADVERTISEMENT -

गोरखा, ११ मंसिर २०७६ । भिमसेन थापा गाउँपालिका र समाज बिकास सहयोग संस्थाको संयुक्त आयोजनामा अश्राङमा स्वास्थ्य शिविर सुरु भएको छ ।

मंगलवार भिसमेन थापा गाउँपालिकाको अश्राङमा भएको स्वास्थ्य शिविरमा एक सय भन्दाबढिले सेवा लिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

शिविरमा महिलाहरुको आङ खस्ने सम्बन्धी निशुल्क परीक्षण र २९ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुु भयो

शिविर सञ्चालनको लागि वडा भित्र रहेको सहकारी र सामाजिक संस्थाहरुले सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापाले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

शिविर बोर्लाङ, महादेव टार, धावा, तान्द्राङ, खान्चोक र बगुवा स्वास्थ्य चौकीमा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -