- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीलाई देउवाको सुझावः ‘संक्रमणको स्तर हेरेर लकडाउनबारे निर्णय गर्नुस्’

August 4, 2020
565
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २० साउन २०७७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लक डाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विज्ञहरुसँगको छलफलमा सभापति देउवाले समुदायमा संक्रमण फैलिएको नफैलिएकोबारे पत्ता लगाएर निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाह दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘लकडाउन गर्नेनगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ । तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नु पर्‍यो। मुख छोपेर हिँड्न बानी पार्नु पर्‍यो’ देउवालाई उद्धृत गर्दै प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण वजगाइले ट्वीटरमा लेखेका छन्।

प्रतिदिन १८ हजार सम्मको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएकोबारे प्रधानमन्त्रीको सचिवालयले विज्ञहरुलाई जानकारी गराएको थियो । हालसम्म चार लाख जनाको पीसीआर टेस्ट भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -