- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली जनसम्पर्क समिति फ्रान्सद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

January 7, 2020
1000
Shares
- ADVERTISEMENT -

फ्रान्स, २२ पौष २०७६ । नेपाली जनसम्पर्क समिति फ्रान्सद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।  ५ जनवरी २०२० आइतवारका दिन फ्रान्सको औबर्भिलीय सहरस्थित कामरान रेस्टुराँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति फ्रान्सले नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० को सुरुवतको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधीर रानाको सभापतित्वमा, नेपाली राजदुताबास फ्रान्सका महामहिम राजदुत दिपक अधिकारीको प्रमुख आथित्यतामा, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेबी, नेपाली समुदाय लगातय आमन्त्रित अतिथि महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । फ्रान्सस्थित क्रियाशील सबै सामाजिक संघ संस्थाका अध्यक्ष प्रतिनिधिले शुभकामना मन्तब्य राख्नु भएको थियो । जननेता बि पी कोइरालाको फोटो अगाडी दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष इन्द्र बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख अतिथि राजदुत दिपक अधिकारीले बि पी राजनेता मात्र नभई कुशल साहित्यकारपनि भएको र उहाँको साहित्यको माद्यमबाट  नेपाली समाज परिवर्तनमा महत्वपुर्ण भूमिका खेलेको कुरा प्रकाश पार्नुभयो । कार्यक्रममा बक्ताहरुले बि पी ले लिनुभएको नीति आजको दिनमा पनि उपयोगी रहेको र राष्ट्र संकटमा परेको बेला आन्तरिक शक्तिहरुको एकताको विकल्प नरहेको कुरा ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

मन्तब्य राख्ने क्रममा जनसम्पर्क समिति फ्रान्सका संरक्षक किरण चन्द्र प्रधान, संस्थापक अध्यक्ष निर्मल अर्याल, समितिका सल्लाहकार सुवर्ण हमाल, एनआरएनए फ्रान्सक अध्यक्ष नरेन्द्र शाही, संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रवासी नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, तमु समाजका उपाध्यक्ष लव्सन गुरुङ, गोर्खा समाजका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा लगायतका बक्ताहरुले बि पी को नेपाली राजनीतिमा रहेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

साथै, रक्तदाता संघका अध्यक्ष अनिश त्रिपाठी, इनास फ्रान्सका कोषाध्यक्ष मिलि कोइराला, एकता समाजका कोषाध्यक्ष सुर्य पौडेल, एनआरएनए भूपू अध्यक्ष एकेन्द्र मल्ल, पाकोफन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधान लगायत अतिथि महानुभावको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिति फ्रान्सका महामन्त्री कमल बिक्रम के सीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

साथै नेपाली जनसम्पर्क समिति फ़्रान्सले गत बर्ष प्यूठान ज़िल्लाको सरुमारानी गा बि स स्थित एक विधालयलाई

रु १०००००/- (एक लाख) बराबरको झोला बितरण गरेको थियो साथै पर्वत ज़िल्ला स्थित एक विधालयलाई दलित छात्रछात्राका निमित्त छात्रबृत्ति अक्षकोषका लागी रु। १५००००/- (एक लाख पचास हज़ार) सहायोग गरेको थियो । बिगतका वर्षहरु झैँ यस वर्ष पनि सामाजिक कार्यलाई  निरन्तरता दिदै यस बर्ष चितवन स्थित एक विधालयलाई कम्प्यूटर सामग्री सहयोग गर्न लागिएको यसै कार्यक्रम मार्फत जानकारी दिनुभयो ।

साथै, समितिको पूर्णताका लागि सुजन राज भट्ट र बिराज मल्ल गरी २ जना सदस्य मनोनयन गरिएको छ । नयाँ सदस्यलाई प्रमुख अथिति महामहिम राजदुत दिपक अधिकारीले खादा लगाएर बधाई दिनु भएको थियो साथै समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सुधिर रानाले प्रमाणपत्र सहित बधाई तथा स्वागत गर्नु भएको थियो ।

फ्रान्सको पेरिस औबर्भिलीय सहरस्थित कामरान रेस्टुराँका सञ्चालक नारायण न्यौपानेले कार्यक्रम हल उपलब्ध गराउनु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु हुँदै आगामी दिनमा सबैको साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रमका सभापति सुधीर रानाले कार्यक्रम समापन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -