- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रशिक्षण संयोजकमा गोरखाकी कमला लामिछाने

October 2, 2020
765
Shares
- ADVERTISEMENT -

काठमाडौं, १६ असोज २०७७ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटै प्रदेशमा प्रशिक्षण सम्बन्धी कार्यक्रम सञ्चालनका लागि संयोजक नियुक्त गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निनिधिले मनोनीत गरेका हुन् । गण्डकी प्रदेशमा गोरखाकी कमला लामिछानेलाई नियुक्त गरेको कांग्रेसले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

लामिछाने नेपाली कांग्रेस गोर्खा जिल्ला क्षेत्र नम्बर १ का महासमिति सदस्य पनि हुन् । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य तथा ट्रेड यूनियन कांग्रेसकी पूर्व केन्द्रीय सदस्यसमेत रहेकी लामिछानेलाई अहिले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेशको संयोजकमा नियुक्ति गरिएको हो। उनी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल छिन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -