- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपाको शक्ति प्रदर्शन हुँदै, यी ९ ठाउँबाट जुलुस निकालिने

January 22, 2021
506
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, ९ माघ २०७७ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (प्रचण्ड-माधव) पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिने छ ।

सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ । उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ । बिहान पौने ११ बजे आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिइएको छ । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -