- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देशको विकासमा मिलेर अघि बढ्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

January 6, 2019
834
Shares
- ADVERTISEMENT -

काठमाडौं,२२ पौष २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सरकारसग मिलेर विकासका काम अघि बढ्न आग्रह गर्नुभएको छ ।

आज आइतबार संसदलाई सम्बोधन गर्दै उहाले अब पनि विकास नहुने हो भने मुलुक झनै पछि पर्ने भन्दै सरकारसग मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले विपक्षीलाई साथै लैजान सरकारले कहा कस्तो र कसरी निर्णय गर्नुपर्ने हो तयार रहेको समेत बताउनु भयो । उहाले अर्को प्रसंगमा विपक्षीको प्रतिलिपी अधिकार आफुले नखोसेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

उहाले आफूले राम्रा कामहरु गर्नका लागि कोसिसमात्र गरिरहेको बताउनु भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई लिएर नेपाली कांग्रेसले तीब्र विरोध गरिरहेकोमा उहाले जवाफ दिनु भयो । ‘नेपाली कांग्रेसले सुरु गरेको पेन्सन कार्यक्रमलाई ओलीले आफ्नो भनेर प्रचार गर्‍यो भनेर मेरा प्रीय मित्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीले यही संसदमा आएर विरोध गर्नुभयो,’ उहाले भन्नुभयो, ‘मैले हामीले मात्रै यो काम गरेका हौँ वा यो हाम्रो मात्रै कार्यक्रम हो भनेको छु र, राम्रो काम गर्न पो खोजेको, मैले कांग्रेसको पेटेन्ट राइट खाजेको होइन्।’

उहाले आफूले राम्रा कामका लागि कोसिस गरिरहेको अवस्थामा त्यसको जस जसले लिँदा पनि हुने बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -