- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दाङ घोराही -५ मा २ सय भन्दा बढी नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश

January 28, 2021
681
Shares
- ADVERTISEMENT -

दाङ, बिहिबार, १५ माघ २०७७ । दाङ जिल्लाको घोराही उप महानगरनगरपालिका ५ मा २२५ जनाले नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश गरेका छन ।

नेपाली कांग्रेस वडा कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा उनीहरु कांग्रेसमा प्रबेश गरेका हुन । शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अर्जुन योगी, वडा अध्यक्ष तथा पार्टी इकाइ समिति सभापति बिष्णुमणी दाहाल्, र नेबिसंघ केन्द्रिय सदस्य पवन नेपालीको बिशेस सक्रीयता र अगुवाइमा उनीहरु पार्टी प्रबेश गरेका हुन ।

- ADVERTISEMENT -

Advertisement

करीब २२५ परिवारका हरेक परिवारबाट एक जनाका दरले सिङ्गो गाउनै कांग्रेसमा प्रबेश गरेसगै उक्त गाउमा नेकपा लगभाग शुन्यको अवस्थामा पुगेको छ । नब प्रबेशिहरुलाई केन्द्रिय सदस्य योगेन्द्र चौधरीले खादा र अबिर लगाएर पार्टिमा स्वागत गरे ।

पार्टी प्रवेश गराउँदै केन्द्रीय सदस्य चौधरीले सरकारको असंवैधानिक कदमका लाग्न उनीहरुलाई आग्रह गरका थिए । बर्तमान सरकारका कारण संविधानको चिरहरण गर्ने काम भएको भन्दै केन्द्रीय सदस्य चौधरीले यसका विरुद्ध लोकतन्त्रवादीहरु एकजुट हुन आवश्यक रहेको समेत बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका ५ का इकाइ सभापति बिष्णमुणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं . १ का सभापति भेषराज पाण्डेय, नेपाली कांग्रेसका नेता नेमकान्त दाहाल गुरु, कांग्रेसका जिल्ला सदस्य अर्जुनकुमार योगी,नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पवन नेपाली,पार्टिका पूर्व जिल्ला सदस्य कृष्णबहादुर गिरी, पुर्व महाधिवेशन प्रतिनिधि खड्गबहादुर वि क, जिल्ला समन्वय समिति सदस्य लोकी विश्वकर्मा, नेपाल दलित संघका उपाध्यक्ष प्रकाश नेपाली, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि गोपाल नेपाली लगायतले सरकारको गलत कदमका विरुद्ध जनतालाई विरोधमा लाग्न आग्रह गरेका थिए ।

कोषाध्यक्ष तिलविक्रम पछाईको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रमको सहजीकरण सचिव सुशील बस्नेतले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -