- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापानका ४ शहरमा गल्कोट समाजले सांगीतिक धमाका गर्दै

November 30, 2018
858
Shares
- ADVERTISEMENT -

टोकियो, १४ मङ्सिर २०७५ । गल्कोट समाज जापानले अग्रेजी नया बर्ष २०१९ को अवसर पारेर जापानका प्रमुख ४ शहरहरुमा सांगीतिक धमाका गर्ने भएको छ । आखा उपचार केन्द्रको भवन निर्माणार्थ र त्यहाँ आखा उपचार केन्द्रको सबै ब्यबस्थापन नेत्रज्योति संघ बाग्लुंगको समन्वयमा हुने प्राध्यापक डाक्टर सल्मा केसीले जानकारी दिनुभयो ।

सस्थाका महा-सचिव कृष्ण केसीका अनुसार जापानका प्रमुख ४ शहरहरुमा गर्ने सांगीतिक धमाकामा नेपालबाट ख्याति प्राप्त लोकगायक बिष्णु खत्री, लोकप्रिय पप तथा आधुनिक गायक प्रमोद खरेल, लोकप्रिय हास्यकलाकार जितु नेपाल “मुन्द्रे” र लोकप्रिय लोक तथा दोहोरी गायिका जुना श्रीष मगरको बेजोड प्रस्तुति रहने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

बिगतका वर्षहरु झैँ यस बर्ष पनि सांगीतिक कार्यक्रमसंगै नेपालमा सामाजिक काम पनि गर्दै आइ रहेको समाजले यो बर्षपनि बिशेष कार्यक्रम गर्ने घोषण गरेको छ । उक्त कार्यक्रम मार्फत गल्कोट क्षेत्रमा शैक्षिक जागरण अभियान प्याकेजसंगै आखा उपचार केन्द्रको लागि भवन निर्माण गर्ने महत्वाकांक्षि योजना ल्याएको छ । कार्यक्रम डिसेम्बर ३० सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया, जनवरी २ टोकियोमा हुने आयोजकले जनाएको छ ।

प्रबासमा रहेतापनि गल्कोट क्षेत्रको सर्बपक्षिय बिकाशको लागि हामी सदा हातेमालो गर्दै गल्कोट समृद्धिको मार्गमा अगाडी बढ्न हरेक पक्षबाट प्रबासी गल्कोटेहरु एक हिस्सा बन्न चाहन्छन भन्ने ज्वलन्त उदाहरण यो बन्ने छ, यो कार्यक्रमले गल्कोट क्षेत्रको शैक्षिक अबस्थालाई अत्यन्त नजिकबाट अध्ययन गर्दै भविष्यमा आफ्नो स्थानबाट सकारात्मक परिवर्तनको लागि उचित पहल गर्न सहज हुने कार्यक्रम सयोजक भवानी पन्तले जानकारी दिनुभायो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका लागि गल्कोट नगरपालिका र तारा गाउपालिकासंग प्रत्यक्ष समन्वय गरिरहेको र पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतास्थानीय निकायबाट ब्यक्त भएको समेत पन्तले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -