- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ माथि प्रदेश प्रहरी कार्यालयले छानविन

January 19, 2021
1168
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, ६ माघ २०७७ । जुवाको खालका उठाएको पैसा आफ्नै खल्तीमा राखेको भन्ने समाचार प्रकाशन प्रशारण भएपनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ माथि प्रदेश प्रहरी कार्यालयले छानविन थालेको छ ।

गएको तिहारका समयमा जिल्ला भित्र गएको तिहारका समयमा चाडवाडका बेला जुवातास बिरुद्ध आक्रमक रुपमा खोजतलास अभियान चलाएको गोरखा प्रहरीले सो क्रममा बरामद भएका १ लाख २० भन्दा बढी रुपैया एसपी गुरुङले राजस्वमा दाखिला नगरेको पाइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सञ्चार माध्यममा समाचार प्रकाशन भएलगत्तै आबश्यक छानविन अघि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी धनश्याम अर्यालले जानकारी दिनुभयो । एसपी गुरुङले लामो समयसम्म जुवाको खालबाट बरामद भएको रकम राजस्वमा दाखिला नगर्नु शकास्ंपद र गलत नियत हुनसक्ने आंशका गरिएको छ ।

‘प्रदेश प्रहरीले आबश्यक छानविन गर्छ, डिआईजी अर्यालले भन्नुभयो, दोषी देखिए कारवाही हुन्छ ।’

- ADVERTISEMENT -

Advertisement

एसपी गुुरुङले भने बरामद गरिएको केही रकम बिभिन्न सामाजिक संस्थाहरुमा खर्च भएको र बाँकी रकम केही सामाजिक संस्थाहरुलाई उपलब्ध गराउन राखिएको दावी गर्दै आउनु भएको छ । यसै बिच एसपी गुरुङले समाचार सार्वजनिक भएपछि सोमबार जुवाको खालबाट बरामद रकम राजस्वमा जम्मा गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -