- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

July 8, 2019
926
Shares
- ADVERTISEMENT -

एजेन्सी, २३ असार २०७६ । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको हो ।

सन् २००७ पछि पहिलो पटक ब्राजिलले यस प्रतियोगिताको उपाधि उचालेको हो । उता १९७५ पछि फाइलनमा स्थान बनाएको पेरुले खेलमा पकड भने जमाउन सकेन ।

- ADVERTISEMENT -

Advertisement

ब्राजिललाई जित दिलाउन ग्याब्रियल जिसस, एभर्टान सोरेस र रिचर्डसनले समान एक–एक गोल गरे । उता पेरुका लागि पाओलो गुरेरोले एक गोल गरे । खेलको १५ औँ मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिलाई सुरुवाती अग्रता दिलाए । उनले जिससको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको ४४ औँ मिनेटमा गुरेरोले पेनाल्टीमार्फत गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए । पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ अग्रता दिलाए ।

- ADVERTISEMENT -

Advertisement

खेलको ७० औँ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । ब्राजिलका जिसस दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए । खेलको ९० औँ मिनेटमा रिचर्डसनले पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए । ब्राजिलको यो नवौं कोपा अमेरिकाको उपाधि हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -