- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस प्रवक्ता शर्माद्वारा बिचल्ली सुत्केरीको उद्धार, घर बनाइदिने घोषणा

December 1, 2018
1157
Shares
- ADVERTISEMENT -

‘चौबिस दिनकी सुत्केरीको बिचल्ली’ भएको समाचार प्रकाशित भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पीडितलाई जग्गा किनिदिने घोषणा गरेका छन् ।

प्रवक्ता शर्माले धुलाबारीमा शुक्रबार पत्रकार सम्मेलन नै गरेर देवी मेचेको परिवारका लागि मेचीनगर-९ मा ७ धुर जग्गा किनिदिने घोषणा गरे। ‘जग्गामा घर, आवश्यक फर्निचर, एउटा सामान्य परिवारको लागि आवश्यक पर्ने वार्षिक खर्च, देवीका छोरीहरूको शिक्षा र स्वास्थ्यको पनि व्यवस्था मिलाई दिनेछौं,’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

पाँच लाखको कोष तयार गरेर त्यसबाट आउने ब्याजले मेचे परिवारको वार्षिक खर्च धानिदिने योजना बनाइएको छ। योजनाबारे जानकारी दिँदै नेता शर्माले भने, ‘हामी एउटा अभियानै सञ्चालन गर्नेछौं, त्यसबाट एउटा गरिबको झुपडीको चुल्होमा आगो बल्ने छ ।’

शर्मालाई स्थानीय पत्रकार मुक्ति पौडेल, व्यवसायी विजय डालमिया, मेचीनगरका जनप्रतिनिधि टिकाराम मग्राती र कविता शर्माले साथ दिएका छन्। देवी मेचे अभियान समिति नै गठन गरेर खुल्ला आकाशमा रहेको एउटा परिवारको आश्रय बनाउने तयारी गरिएको शर्माले बताए ।

- ADVERTISEMENT -

Advertisement

नेता शर्माले २०४२ सालमा धुलाबारी माविका पढ्दाताका समकक्षीबाट देवीको गृह निर्माणमा एक लाख संकलन गर्ने जानकारी दिए। यसमा काठमाडौंको शंकरदेव क्याम्पसका उपप्राध्यापक डिल्ली भण्डारी र झापाका समाजसेवी पुनित वंशलले अगुवाई गर्ने समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

चौबिस दिनकी सुत्केरीलाई पोषिलो खाना र न्यानो कपडाको जोहो गर्न नसक्दा स्तनपानमा समेत समस्या भएको उनले यसअघि सेतोपाटीसँग बताएकी थिइन्। सुत्केरी मेचेलाई न्यानो कपडाको पनि अभाव थियो ।

धुलाबारीको एक मारवाडीको घरमा घरेलु कामदारका रुपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लागेर दाहिने हात गुमाएकी देवी देब्रे हातको सहारामा दैनिक काम गर्दैछिन्। उनकी अढाइ वर्षकी अर्की छोरी छन् ।

आफ्नो लागि जग्गा तथा घर निर्माण हुने भएपछि उनी दंग छिन्। ‘मलाई योभन्दा खुसीको खबर अरु के नै हुन्छ र,’ उनले भनिन्, ‘कोही नहुनेको पनि सहारा हुँदोरहेछ ।’

देवीको घर छैन । श्रीमान् केही समयअघि बितिसकेका छन्। परिवार पनि छैनन्।

एक हातको सहारामा काम गर्दै आएकोमा सुत्केरी भएपछि त्यो काम पनि बन्द भएपछि उनको बिचल्ली भएको थियो ।

शर्माको छोरा शीर्षक शर्माको बिहीबार जन्मदिन हो। आफ्ना परिवारको जन्मदिनमा वर्षेनि सामाजिक अभियानमा जुट्ने विश्वप्रकासलाई छोरा शीर्षकको छैठांै जन्म दिनमा पनि केही सामाजिक काम गर्न मन लागेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -