- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आज नेपालले मलेसियाविरुद् खेल्दै

February 29, 2020
606
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १७ फागुन २०७६ । नेपालले आज मलेसियाविरुद्व खेल्दै आफ्नो एसीसी इस्टर्न रिजनटि टि ट्वान्टी क्रिकेट प्रतियोगिताको यात्रा सुरुवात गर्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो १२:१५ पछि थाईल्यान्डको बैंककमा सुरु हुने छ । नेपालले मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

- ADVERTISEMENT -

Advertisement

आज नेपालको ओपनिङ ब्याट्सम्यानको जिम्मेवारी पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले गर्ने सम्भावना छ । त्यस्तै, अमेरिकाविरुद्व कीर्तिमानी डेब्यू गरेका युवा ब्याट्सम्यान कुशल मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । मध्यक्रम भने दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीले समाल्ने छन् ।

बलिङ्ग तर्फ तीब्र गतिमा करण केसी र अभिनाश बोहराको जोडीलाई मैदान उतार्ने सम्भावना छ । त्यस्तै, स्पिनरमा सन्दीप लामिछाने र सुशन भारीको जोडी रहने सम्भावना छ ।

- ADVERTISEMENT -

Advertisement

यो प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र थाइल्याण्ड, सिंगापुर, हंगकंग र मलेसिया रहेका छन्। यी पाँच टोली मध्ये दुई टोलीले एसियाकपको लागि अन्तिम छनोट खेल खेल्न पाउने छन्।

भारतीय प्रमुख प्रशिक्षक उमेश पटवालले अकस्मात राजिनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जगत टमाटालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । टमाटाले राष्ट्रिय प्रशिक्षकमा ९ महिनापछि पुनरागमन गरेका छन् ।

१४ सदस्सीय नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्र सिंह (उपकप्तान) ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -