- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकामा अर्को महिनादेखि कोरो’ना विरु’द्धको खोप दिइदै

November 24, 2020
639
Shares
- ADVERTISEMENT -

एजेन्सी, मंगलबार, ९ मङ्सिर २०७७ । अमेरिकामा अर्को महिनादेखि कोरो’ना विरु’द्धको खोप दिइने भएको छ । अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरो’ना भाइ’रस विरु’द्धको खोप दिन दिइने भएको छ ।

कोरो’ना भाइर’सको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड-१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गएको शुक्रबार आवेदन दिएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।

अमेरिकामा कोेरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ आएको हो । अमेरिका कोरो’ना सङ्क्र’मणका हिसाबले विश्वमा पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्र’मित भइसकेका छन । पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ २ लाख ६२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन । यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -