- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अध्यक्षमा नारायण ढुङ्गाना : तनहुँ सेवा समाज दोहा कतारको एघारौँ अधिवेशन सम्पन्न

January 13, 2020
692
Shares
- ADVERTISEMENT -

दोहा कतार, २८ पौष २०७६ । तनहुँ सेवा समाज दोहा कतारको एघारौँ अधिवेशन सम्पन्न भएको छ ।
“सबल र समृद्ध जिल्ला निर्माणका लागि प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ सन् २००४ मा मध्य्रपूर्वको देश कतारमा स्थापित तनहुँ सेवा समाज दोहा कतारले गत शुक्रवार आफ्नो एघारौँ अधिवेशन सम्पन्न गरेको हो l

उक्त अधिवेशनले नारायण ढुङ्गानाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कार्य समिति चयन गरेको छ l जसमा प्रथम उपाध्यक्षमा पदम गिरी, दितिय उपाध्यक्षमा सङ्गम पाण्डे, तृतिय उपाध्यक्षमा गणेश बहादुर क्षेत्री, महासचिवमा मीनराज वाग्ले, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा पदम बहादुर रानाभाट, सह कोषाध्यक्षमा सूर्य गिरी चयन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, सदस्यहरूमा बम बहादुर रानाभाट, वृहस्पति राना, हिरा थापा, ऋषिराम थापा, दिया थापा मगर, राजु बि क, नरेश थापा, याम बहादुर सारू मगर धन प्रसाद राना मगर रहनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

सनैयामा अवस्थित रोटना होटेलमा सम्पन्न उक्त अधिवेशन गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष हशराज ढकाल क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा का.वा.अध्यक्ष नारायण ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियो l

विधिवत् रुपमा उद्घाटन गरी सुचारु गरिएको कार्यक्रममा स्वागत मन्तव्य सन्तोष रेग्मीले राखेका थिए भने जिल्लाको बारेमा सचिवालय सदस्य विकास भुजेलले प्रष्ट पार्नु भएको थियो ।

महासचिव पदम गिरीले कार्य प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष गणेश बहादुर क्षेत्रीले समाजले २ वर्षमा कुल ५० हजार ९२२ रियाल आम्दानी र ४४ हजार २२७ रियाल खर्च गर्दै ६ हजार ६९५ रियाल बचत रहेको आर्थिक विवरण पेश गर्नु भएको थियो ।

सांस्कृतिक विभाग लगायत विभिन्न कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति समेत रहेको कार्यक्रममा खेलाडी कलाकार निवर्तमान कार्य समिति तथा अग्रज व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो l

जिल्लाका पदम गिरी तथा अम्बिका खत्रीले एनआरएनए कतारमा जिल्लाको तर्फबाट प्रतिनिधित्व गरेकोमा विशेष सम्मान समेत गरिएको थियो l

अत्यन्त सभ्य रूपमा सम्पन्न अधिवेशनमा संस्थाका अग्रज लगायत गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि क्षेत्रीले तनहुँ जिल्ला कृषिको उर्वर भूमि रहेको बताउँदै परदेशको सिप र पुजी अब स्वदेशमा लगानी गर्नु पर्ने बताउनु भयो ।

महासचिव गिरीले सञ्चालन गरेको कार्यक्रमको खुला सत्रको समापन गर्दै सभापति ढुङ्गानाले अधिवेशन सफल बनाउन सहयोग पुराउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक नवराज विकले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो l

शपथ ग्रहणपछि बोल्दै नव निर्वाचित अध्यक्षले सास्ताको हित र दिन दु:खी को सेवा नै आफ्नो कार्यकालको मुख्य कार्य रहने प्रतिबद्धता व्यक्त गर्दै निवर्तमान अध्यक्ष केश गुर्माचान मगरलाई अन्तर्मन देखि धन्यवाद प्रकट गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -