- ADVERTISEMENT -

प्रवासी गोरखाली दर्बुङगका युवाहरु सामाजिक कार्यमा जुट्दै

July 19, 2020
8401
Shares
- ADVERTISEMENT -

गोरखा, आइतबार, ४ साउन २०७७ । प्रवासका विभिन्न देशमा अध्ययन,रोजगारीको शिलसिलामा रहेका युथहरुले विराट बाबुको नेतृत्वमा अभियान सन्चालन गरि रु.३,१८,०५०।-( तिन लाख अठार हज़ार पचास रुपैया) आफ्नो वडामा सहयोग पठाएका छन् ।

गोरखाको गण्डकी गाँउपालिका वडा नम्बर ५ मा कोरोना भाइरस (कोभिड-१९) को समयमा दैनिकीमा समस्या परेका एक सय एकतिस परिवारलाई प्रति परिवार चामल (३०केजी), दाल (४केजी), नुन (२केजी) ,तेल (३ लिटर),साबुन लगाएतका दैनिक ऊपभोग्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष जस बहादुर थापाले दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष जस बहादुर थापाको अध्यक्षतामा भएको थियो । वडा सदस्य घन बहादुर थापा, कार्यालय सहायक राजन घिमिरे, पुर्व प्रअ छविलाल जोशी, भवानी नि मा बि रामपुरका पुर्व शिक्षक सहायक प्रअ, नेका वडा-५ का सचिव चुडाकान्त खनाल, समाजवादी पार्टीका गण्डकी गाँउपालिका अध्यक्ष एमदत्त दुवाडि, पुर्व शिक्षक बाबुराम शर्मा खनाल लगाएत स्थानिय बासिन्दा बाक्लो ऊपस्थिती र उहाँहरुको रोवहरमा सहयोग वितरण भएको थियो ।

सहयोग वितरण कार्यमा स्थानीय युवाहरु सन्तोष खनाल, मिलन पोखरेल, प्रवेश पोखरेल,शिव रेग्मी लगाएतले प्रत्यक्ष सहयोग गर्नु भएको थियो ।

आफुहरु प्रवासमा भएपनि सहयोग वितरण गरिदिनु भएकोमा सम्पुर्णमा सहयोगीमनहरुको तर्फबाट विराट बाबुले धन्यवाद ज्ञापन गर्नु भएको थियो । आजको जटिल परिस्थितिमा आफ्नो समुदायमा अफ्ठेरो परेकाहरुका लागी सहयोग पठाएकोमा स्थानीयहरु खुसी भएका छन् ।

साथै, विराट बाबुले यस अभियान सन्चालनको शुरुवातीका दिन देखिनै सल्लाह सुझाव र सहयोग गर्नु हुने समाजसेवी, सफल पर्यटन व्यवसायी,राजनीतिज्ञ धुर्व प्रसाद खनाल, युवा बौद्दिक व्यक्तित्व राजु गुरुङ, राजेन्द्र धमला, प्रदिप दुवाडि लगाएत प्रवासमा रहेर यस अभियानमा उपयुक्त सल्लाह, सुझाव र सहयोग गर्नु हुने योगेन्द्र राज जोशी, केशव खनाल, दिपक खनाल, कुमार थापा, विकाश गुरुङ,साईबा खनाल, विवेक जोशी, सन्देश आले, सरोज खनाल, प्रकाश धमला, विनय धमला लगाएत यस अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीमन प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

विराट बाबु दर्बुङ फाँटका स्थानिबासी हुनुहुन्छ र लामो समय देखि अध्ययन पश्चात रोजगारीको शिलसिलामा जापानमा हुनुहुन्छ । जापानमा पनि गोरखा समाज जापानको सचिव रहेका विराट बाबु र उहाँ आबद्द रहेको संस्था गोरखा समाज जापानले विभिन्न समयमा आर्थिक अभावकै कारणले उपचार गर्न नसकेका गोरखा भित्रका र बाहिरका परिवारहरुलाई हरेक खाले अभियान सन्चालन गरेर आर्थिक सहयोग गर्दै आइरहनु भएको छ ।

उक्त राहत वितरण कार्यक्रमको सन्चालन वडा सचिव टंक बहादुर राना मगरले गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -