यदुराम सापकोटा

जापान, १७ फागुन २०७५ । कुक (स्किल्ड लेवर) भिजामा हुनुहुन्छ-: कतै तपाईले जापान आउन कै लागि आफ्नो उमेर नक्कली बनाउनु भयो कि ? भिजा नलागेर ,एम आर पी डबल बनाउनु भयो कि ? १० बर्षको अनुभव को सटिफिकेट १५/२० हजार पैसो रेस्टुरेन्टका मालीकलाई दिएर बनाउनु भयो कि ?

बिजनेस-: तपाईले बिजनेस भिजाको लागि कम्पनी खोल्दा देखाउनु पर्ने ५०० मान बढी पैसा के साच्चै थियो, या देखावटी ? के तपाईले बिजनेस नै गर्नुभएको छ , या बाहिर काम गर्नु हुन्छ ? बिजनेसको लागि चाहिने स्टाफहरुसँग भएको श्रम सम्झौता अनुसार नै तलब, बिदा, ओभरटाईम लगायत सबै पालना गर्नुभएको छ ? आफ्नो बिजनेसको आयब्यय के साचोँ छ या ट्याक्स थोरै तिर्नको लागि आम्दानी र खर्च मिलान गर्नु भएको छ ? बिजनेस भिजा हुदैमा सबै बिजनेस गर्न पाईने हुदैन, रेमिट्यान्स , हाकेन , ड्राईभिङ स्कुल, ट्रान्सलेसन ,फुदोओसान लगायत बिबीध कामहरु गर्न छुट्टै अनुमति लिनुपर्ने बिजनेस क्षेत्रहरु पनि छन ,के ति सबै प्रक्रिया पुराउनु भएको छ ?

डिपेन्डेन्ट-: के तपाई आफ्नै श्रीमान श्रीमती, बाबा , आमाको साँचो डिपेन्डेट हो या भिजा को लागि पेपरमा मात्र डिपेन्डेन्ट हो ? डिपेन्डेन्टले पाएको अनुमति अनुसार मात्र काम गर्नु भएको छ ?

एजुस्या, तेजुस्या-: तपाई बास्तबिक एजु , तेजु हो या पेपरमा मात्र पैसा तिरेर या अन्य कुनै माध्याम प्रयोग गरेर एजु तेजु हो ?

स्विसोकु भिजा-के तपाईले गरेको स्विसोकु आफ्नो योग्यता पुरा गरेर ,बिषय मिलाएर हो या भिजा पाउन का लागि नमिलेका सबजेट पनि हाकेन र वकील लाई पैसा तिरेर मिलाएर हो?के तपाईको स्विसोकु स्टाटसमा लेखिएको अनुसार कै काम गर्नुभएको छ ?

बिधार्थी-: तपाईले नेपालमा भाषा पढेको,जापानिज भाषा परिक्षा पास गरेको,तपाईले नेपालबाट जापान आउदा देखाएको सम्पती बिबरण, आम्दानी बिबरण सबै साँचो हो ? जापान आएर पनि बिधार्थी ले पाएको अनुमती अनुसार मात्र काम गर्नु भएको छ ?
शरणार्थी को लागि दिएको आबेदन-:नेपालीहरुले दिने शरणार्थी को आबेदन सत्य हुने कुरै रहेन यो सिधै जापान बस्न कुनै निहुँ पारेर लेखिने झुट बिबरण नै हो ।

अन्य नक्कली प्रकरण-: गाडीको लाईसन्स बनाउनु पर्यो, आफ्नो वर्जिनल लाईसन्स नेपालबाट ल्याउने नगन्य मात्र हुनुहुन्छ, तपाई जसरी लाईसन्स बनाउन चाहानुहुन्छ , त्यसको लागि नक्कली लाईसन्स बनाउन तपाई आफै तयार हुनुहुन्छ,पैसा तिर्न तयार हुनुहुन्छ, तपाई जापानी ड्राईभिङ् स्कुलबाट जिरो बाट सुरु गरेर ड्राईभिङ लाईसन्स बनाउन चाहानु हुन्न, छिटो छरितो ,सस्तो लाईसन्स बनाएर जापानको सडक मा सान दिएर गाडी कुदाउन चाहानुहुन्छ ,अनि नेपाली ड्राईभिङ स्कुल,ब्राजिलियन,ईन्डियन ,पाकिस्तानी लगायत का ड्राईभिङ स्कुल तिर लाग्नुहुन्छ ,सिक्नेले सस्तो छिटो,चाहान्छ त स्कुल वालाहरुको के गल्ती भन्नु?जापान आउन नक्कली कुक बनेर,नक्कली बिबाह गरेर ,नक्कली शरणार्थी बनेर ,नक्कली छोरा छोरी बनेर १२/१५ लाख खर्च गरेर आउन तयार हुन्छ त ल्याउन तयार हुने के गल्ती भन्नु?बिधार्थी भिषामै आउन पनि अनेकौ नक्कली सटिफिकेट बनाएर आउनै छत कन्सलटेन्सी र पैसा ले बनाईदिने सरकारी प्राईभेट कार्यालय कलेज हरुको के गल्ती भन्नु आखिर ,यस्तै चलेको छ,पहिलै बाट यस्तै चलेको छ!

अब माथी सबै पढेपछी एकपटक आफ्नो ऐना हेर्नुस ,के तपाई जापानमा पुर्ण सक्कली हो?अहँ हैन !जापानमा रहेका ९० हजार नेपालीमा ८/१० हजार बाहेक अरु सबैमा कतै न कतै नक्कली खोट भेटिहाल्छ ।

कारण पैसा हो,पैसा कमाउन काम गर्न बिदेस जानु पर्ने हाम्रो देशको अवस्था हो ,त्यसैले हामी पैसा खर्च गरेरै पनि,नक्कली गर्न तयार हुन्छौ,हाम्रो अवस्था नै यही हो त सत्य कुरा किन लुकाउनु !

कतै न कतै नक्कली दाग छ,मेटाउन मिल्दै मिल्दैन किनकी जापानमा सबै कानुन अनुसार हुन्छ अब कसरी जोगिने?

-बिभीन्न कार्यक्रम ,पार्टी, हरुमा जानुहुन्छ, साथीभाई भेट हुदाँ रमाईलो गर्नुहुन्छ,रक्सी पिउनु हुन्छ,पिउन बनाएको हो पैसा तिरेर खाने पिउने कुरा हो पिउनुस तर पिएपछी नेपाली पारा देखाएर नेपाली नेपाली बिदेसको ठाँउमा कुटाकुट मारामार नगर्नुस,बिदेसीसँग त झन जिस्कदै नजिस्कनुस् ।

-आफ्नो स्टाटस जे हो त्यही अनुसारको काम गर्नुस,कतै फरक गर्नुभएको छ भनेपनि कसैलाई नबताउनुस्,काम नै झुट र गल्ती छ भने बिदेस हो नचिनेको मान्छेहरु सँग बरु झुट नै बोल्दिनुस।आफ्नै हरु सँग पनि सबै सत्य नबताउनुस ,रिस उठेको बेला आफ्नैले फलानो ले यसो गरेको छ भनेर फसाईदिन बेर लाग्दैन त्यसैले सतर्क रहनुस् ।

-नक्कली गरेर ड्राईभिङ लाईसन्स झिक्नुभएको छ,आफुले लाईसन्स झिकेको प्रक्रिया सकभर कसैलाई नबताउनुस ,जिरो बाट सिकेर निकालेको भनेर भन्नुस।सडकको अनुमती बेगर,ओभरस्पिड नचलाउनुस्,ओभर ट्याक नगर्नुस,मापसे गरेर गाडी नचलाउनुस ।

-जापानमा च्याउसरी बिभीन्न समाज र संस्थाहरु खुलेका छन्,बिभीन्न समाजका नाममा बैङ्क खाताहरु खुलेका छन तर धेरै भन्दा धेरै संस्था जापानको नियमअनुसार दर्ता भएका छैनन,जापानको नियमले जती राम्रो सामाजिक काम गरेपनि,मान्छेलाई मुटु नै दिएर बचाउने संस्था रहेछ भनेपनि कानुन अनुसार दर्ता रहेनछ भने कानुनले कार्बाहीको दायरामा ल्याउछ,धेरैलाई थाहा नहुन सक्छ ,बिभीन्न समाजका अध्यक्ष ,महासचिब हरुलाई जापानको प्रहरी र अध्यागमनले केरकार गरिसकेको छ,अध्यागमनले सुस्म अध्ययन गरिरहेको छ त्यसैले कानुन अनुसार दर्ता नभएका संस्था र समाजहरुको पछाडी सार्है नदौडनुस् ।

-जापनिजहरु सँग सजग रहनुस,जापनिज केटीहरु सँग सतर्क रहनुस्,दिन आफ्नो पोल्टा मा नहुदा फसिन बेर लाग्दैन ।
-ब्यबसायी ब्यबासायी को प्रतिस्प्रधा,अन्य कुनै रिसीबी,सस्था संस्थाको प्रतिस्प्रधा,संस्थाले गर्ने कार्यक्रमहरुको र कार्यक्रम गर्ने दिन को प्रतिस्प्रधा ,बिबिध ब्यक्तीगत प्रतिस्प्रधा या रिस लगायत ले एकले अर्काको कुरा लगाईदिने र अध्यागमन को फन्दामा पार्ने चलन खुबै चलेको छ,यस्ता बिबादहरुले भोली आफैलाई फसाउछ,आज तपाईलाई परेको भोली अर्कालाई पर्छ ,त्यसैले नेपाली नेपाली मिलेर बसौ,बिबाद रिसराग सबै त्यागेर अर्काको देशमा यही देशको कानुन अनुसार बसौ,हामीमा लागेका मेट्न नमिल्ने नक्कली दागहरु बाट जोगिने र नेपाली जोगिने र नेपालीहरुलाई जोगाउने गरौ ।

“मलाई आफुलाई लागेको कुरा मात्र लेखेको हुँ,जापानको बारेमा त्यतीधेरै जानकार म आफु पनि छैन”
यदुराम सापकोटा हाल जापान

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्