१५ फागुन २०७५ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी आकाशमा घुसेका दुई वटा भारतीय लडाकू विमानलाई खसालेको बताएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले भनेका छन्, ‘आज बिहानै पाकिस्तानी वायु सेनाका आक्रमणको जवाफमा भारतीय वायु सेनाल् भारत–पाकिस्तान नियन्त्रण रेखा(एलओसी) पार गरेका थिए । पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेसभित्र प्रवेश गरेका दुई भारतीय विमान खसालेको छ । एउटा विमान स्वतन्त्र जम्मू–कश्मीरमा खसेको छ । अर्को भारत प्रशासित कश्मीरमा खसेको छ । एक जना भारतीय पाइलटलाई गिरफ्तार गरिएको छ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्