इस्लामाबाद, १४ फागुन २०७५ । कारबाहीको मध्येनजर गर्दै पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले इस्लामावादमा आपातकालीन बैठक बोलाएको रेडियो पाकिस्तानले जनाएको छ । कुरेईसीले भारतलाई चेतावनी दिँदै पाकिस्तानलाई चुनौती नदिन भनेका छन् । उनले पाकिस्तान सधैं शान्तिको पक्षमा रहेको आफूहरु पनि आतंकवादको विपक्षमा रहेको बताएका छन् ।

भारतमा मोदीले सुरक्षा सल्लाहकार अजित डोभालसँगै वरिष्ठ मन्त्रीहरुसँग समेत यस विषयमा छलफल गरिरहेका छन् । पकिस्तानमाथि हमला गर्न गर्न गएको भारतीय युद्धपोत विमान पाकिस्तानले प्रतिकार गर्न खोजेपछि भारतीय विमान त्यसै फर्किएको छ । भारतले पाकिस्तान शासित कश्मिरको ४ माईल भित्रसम्म युद्धपोत विमान लिएर पुगेको भारतमाथि पाकिस्तानले प्रतिकार गर्ने प्रयास गरेको थियो । सोही क्रममा तोकिएको ठाउँमा नपुगि फर्किएको भारतीय युद्ध पोत विमानले हजार किलोको बम खसालेको छ ।

भारतले मंगलबार विहान ३ बजेतिर १२ मिराज २०००भारतीय लडाकू जेट विमानमा बम सहित पाकिस्तान शासित काश्मिरभिज्ञ छिरेको थियो । सो विमानले फर्किने क्रममा ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेको आतंकवादी क्याम्पमा हमला गरेको बताएको छ । तर, पाकिस्तानी मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प रहेको बारे खुलाएको छैन ।

उता, भारतीय मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प नै रहेको दाबी गरेको छ । सो क्याम्पमा रहेका २०० लडाकू मरेको पनि भारतीय मिडियाको दाबी छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको स्वीकारेका छन् । तर सो आक्रमणमा २–३ सय मानिस मरेको भन्नेबारे भने उनले केही पनि उल्लेख गरेका छैनन् ।

उता, पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पाकिस्तान टिभीले पनि मान्छे मरेको विषयमा केही उल्लेख गरेको छैन । पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्