ललितपुर, १० फागुन २०७५ । ललितपुरस्थित एनसेलको टावरमा लक्षित गरी शुक्रबार बेलुका गराइएको बम विष्फोटमा परेर घाइते भएका एकजनाको मृत्यु भएको छ । नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो ।

घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्