काठमाडौं, फागुन ९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंगोमा पु¥याउन गठन भएको कार्यदलले एक साताको समय माग गरेको छ । स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले एक साता समयदिए सबै विषय टुंगो लगाउन सक्ने भन्दै समय माग गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा यसविषयमा छलफल भएको छ । बैठकबाट बाहिरिएपछि सदस्य योगेश भट्टराईले भन्नुभयो, ‘हामीले काम सम्पन्न गर्नुपर्थ्यो । यति महत्त्वपूर्ण जिम्मेवारी थियो, पार्टी एकताको काम ढिला पनि भइरहेको छ, रिपोर्ट दिइसक्नुर्थ्यो । विभिन्न कारणले सकेनौं, अब चाहिँ छिटो सम्पन्न गर्नलाई कार्यदललाई १ हप्ता समय दिन सबैले माग गरेका छौं ।’

सचिवालयले म्याद थपेर दिएपछि कार्यदलले काम अगाडि बढाउने भट्टराईले बताउनु भयो । ‘सचिवालयबाट समय प्राप्त भयो भने दिइएको जिम्मेवारी सम्बन्धी सबै विषयलाई टुंग्याएर सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेर भनेका छौं, सचिवालयले के निर्णय गर्छ अनि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ,’ उहाले भन्नुभयो ।

भेटपछि संचारकर्मीसग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलका सदस्यसग छलफल र राय मागेको बताउनु भयो । उहाले कार्यदलबाट आएका सुझावपछि सचिवालयको मात्र बैठक बसेको बताउदै भोली विहान ९ बजे पुन बसेर थप निष्कर्षमा पुग्ने जानकारी दिनुभयो । तीन महिनामा सवै तहको साँगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगान दवाव परिरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्