काठमाण्डौँ, फागुन १। जापानमा केही सातापछि नै नेपाली कामदार पठाउने प्रक्रिया थालिने भ​एको छ​। जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गरिने नेपाली अधिकारीले बताएका छन्।

तर जापान सरकारले कामदार लिने संयन्त्र र कार्यविधिको प्रक्रियाबारे अन्तिम निर्णय गरिन सकेकोले ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।

जापानसँग सरकार-सरकारबीच हुने जी-टू-जी, वा कोरियासँग जस्तै वैदेशिक रोजगार व्यवसायीलाई जिम्मा दिने ईपीएस प्रणाली लागु गर्ने विकल्पहरू नेपालसँग छन्।

सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्