गोरखा, माघ २७

नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवालाई चुनौति दिएका छन् । उनले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

महाधिवेशन आउन एक वर्षभन्दा केही बढि समय रहेका नेता थापाले गोरखा पुगेर कथाले मागे सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । आज बिहान गोरखा सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ।

पुराना पुस्ताले नेतृत्व गर्दा पार्टी पोखरी जस्तो भएकाले पार्टीलाई नदी जस्तो बनाउन नयाँ पुस्ताको नेतृत्व चाहिने उहाको तर्क छ । ‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ ।’ थापाले भन्नुभयो ‘पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ।, त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनु पर्छ ।’ उहाले आउदो महाधिवेशनमा कार्यकर्ताको माग भए केन्द्रीय सदस्य, महामन्त्री वा सभापति जे बन्न पनि तयार रहेको बताउनु भयो । ‘कथाले जे माग्छ , म त्यो गर्न तयार छु । तर एउटै कुरा के हो भने पहिलो पुस्ताका नेतालाई बडो सम्मानकासाथ अभिभावक बनाएर राख्नुपर्छ । नयाँ पुस्ताका आम कांग्रेसको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्छ ।’

कांग्रेसलाई किन भोट हाल्ने ? भन्दा २००७ साल, २०१५ साल, २०४६ साल, २०६२ सालमा कांग्रेसले यसो गर्यो मात्र भन्यौं

नेता थापाले वर्तमान कांग्रेस नेतृत्वले केही गर्न नसकेको र विगतको कमाई देखाएर वर्तमान गुज्रार्न खोजेको आरोप समेत लगाउनु भयो । उहाले कांग्रेस असाध्यै धेरै नोस्टाल्जिक भएको उल्लेख गर्नुभयो । ‘कांग्रेसलाई किन भोट हाल्ने ? भन्दा २००७ साल, २०१५ साल, २०४६ साल, २०६२ सालमा कांग्रेसले यसो गर्यो मात्र भन्यौं,’ उहाले अगाडी भन्नुभयो,‘२०८० सालमा कांग्रेसले यसो गर्छ त्यसैले कांग्रेस रोजौं भन्ने आधारभूत मान्यता बनाउन सकेन ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्