काठमाडौं, ३० पौष २०७५ । सरकारको निगरानी गर्न काग्रेसले गठन गर्न लागेको छाँया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन्। रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा ६३ मध्ये १० सांसदले नाम टिपाएका छन्। सांसदलाई नाम टिपाउन कांग्रेसले एक साताको समय दिएको छ ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो।

अलिहेसम्म दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा डिला स्रंग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्टले छाया सरकारको मन्त्री बन्न आवेदन दिएका छन्।

कांग्रेसले मन्त्रलायगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्