काठमाडौं, २१ बैशाख २०७८ । हन्ड्रेड्स् ग्रूपले काठमाडौं उपत्यकाका तीनै जिल्लामा नि:शुल्क भोजन तथा सहायता सेवा सुरु गरेको छ ।

प्रशासनले लगाएको निषेधाज्ञाको कारण अप्ठ्यारोमा परेका नागरिकलाई नि:शुल्क खाना वितरणसँगै सहायता गर्न निरन्तर सडकमा खटिएको हन्ड्रेड्स् ग्रूपका संस्थापक बब्लु गुप्ताले बताउनु भयो ।

दैनिक ज्याला मजदुर गरेर खाने जनता लाई प्रशासनले लगाएको निषेधाज्ञाको कारण एक छाक टार्न पनि कठिनाई भएको गुनासो आएपछि नि:शुल्क खाना वितरण तथा अप्ठ्यारोमा परेका नागरिकलाई सहायता गर्न थालिएको गुप्ता ले बताउनु भयो ।

कोहि नेपाली भोकै बस्न नपरोस, भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त राष्ट्र,निर्माणमा हामी सधैं कार्यरत हुने छौं । उहाँले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्