काठमाडौँ, २० बैशाख २०७८ । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा नियुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ शीतल निवासमा शपथ गराएकी हुन् ।

यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरुलाई पदमुक्त गर्दै आजै राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । शेरचन र पन्त नेकपा माओवादी केन्द्र निकट नेता हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्