काठमाडौं, पुष २७

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन निर्धारित समयमा नहुने भएपछि सात जना पदाधिकारीले राजिनामा दिएका छन् ।

माघ २ गते भित्र महाधिवेशन गर्ने समय तोकिएपनि अहिलेसम्म ७७ जिल्ला मध्ये १६ जिल्लाको मात्र अधिवशेन भएको छ । जसबाट महाधिवेशन नहुने नश्चित भएको छ । महाधिवेशन समयमा हुन नसकेको भन्दै संस्थापन समूहका सात जना पदाधिकारीले राजीनामा दिएका हुन्। पटक पटक म्याद थप्दा पनि अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा उपाध्यक्षहरु पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्। अर्का सहमहान्त्री अम्बिका चलाउनेले पनि राजीनामा दिने भने पनि उहा देउवालाई भेट्न पुग्नु भएको छ । उहाले आफू आउन ढिला भएको जानकारी गराउनु भएको थियो ।

‘संगठनले विद्यार्थीको हितमा केही गर्न सकेन’, उपाध्यक्ष शाहीले भन्नुभयो, ‘यस्तो अवस्थामा किन संगठनमा बस्नेरु’ उनले अध्यक्ष महरले विभिन्न बहानामा महाधिवेशन टार्दै कार्यकाल लम्ब्याउन खोजेको आरोप लगाए। पार्टीको बैठक माघ १० गते मात्र बस्ने भएका कारण आठ दिन नेविसंघ नेतृत्वविहीन हुने निश्चित भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्