काठमाडौं, ७ बैशाख २०७८ । नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ ।

निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ । गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्