काठमाडौं, ७ बैशाख २०७८ । विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गित “मिठो धोका” को म्युजिक भिडियो सार्बजनिक भएको छ।

उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका सुजाता बर्माको आवाज रहेको छ।

गीतकार हिरा काजी थापाको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत “मिठो धोका” को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।

बिगत लामो समय देखि लन्डनमा बसोबास गर्दै आएका हिरा काजी थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित छन्।

लन्डनमा बसेर इन्टरनेटको माध्यम बाट दर्जनौ चर्चित म्युजिक भिडियो निर्देशन गर्न सफल थापाले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दै फेरि पनि आकर्षक म्युजिक भिडियो लिएर आएका हुन्।

छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाइ निर्देशक हिरा काजी थापाले निर्देशन गरेका हुन्।

त्यसैगरी भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ।

सार्बजनिक म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्री, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ ।

भिडियोलाई निर्माता समेत रहेका हिरा काजी थापाले नै निर्माण गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्