काठमाडौं, ६ बैशाख २०७८ । काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई
मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ४ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं ९ बस्ने बर्ष २० का नमराज अधिकारी र बर्ष २२ का रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं ३ घर भई
हाल तारकेश्‍वर नगरपालिका वडा नं ९ बस्ने बर्ष १९ का रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

तारकेश्वर नगरपालिका १० नं वडा कार्यालय शुभकामना चोक स्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिनुभयो ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी।सी। को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्‍वर नगरपालिका – ६, पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं। ४ घर भएका
राजु तामाङले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्