सर्लाही, ५ बैशाख २०७८ । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्