काठमाडौं, ३ बैशाख २०७८ । चर्चित गायक आनन्द कार्कीको स्वरमा रहेको नयाँ गीत “जिन्दगी अझै जिउने” बोलको गीत नयाँ बर्षको उपहाको रुपमा  सार्वजनिक गरिएको छ ।

बिहिबार साँझ सार्वजनिक उक्त गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज आचार्यको मूख्य अभिनय रहेको छ ।

भिजन अनलाईन न्युजका सम्पादक समेत रहेका मोडल तुलशा कटुवाल र देशराज आचार्यको अभिनय रहेको उक्त गीतको रचना भने चेतन खतिवडाले गरेका हुन ।

उक्त गितको  संगित भने शक्ति बल्लभको र एरेन्ज भने मनोह सुमनले गरेका हुन । गीतको भिडियो कोरियोग्राफर भने निर्देशक समेत रहेका कलाकार देबराज आचार्यले गरेका हुन । यसअघि चर्चित गायक आनन्द कार्कीको बिभिन्न चर्चित गितहरु बजारमा आईसकेको छ ।

उक्त गीतमा सामाजिक परिबेश, माया पिरेम र त्यसले ब्यक्तिलाई अझ जिन्दगी जिउने उत्प्रेरणा दिने र युवा पिढिको यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्