काठमाडौं, २० पौष २०७५ । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार मध्यान्ह एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

यस्तै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्