हुम्ला, १६ मंसिर । गाउँपालिकाले संचालन गरेका योजना तथा बिकासे गतिबिधिमा बजेट हिनामिना भएको प्रमााणित भए अध्यक्ष पदबाट राजीनामा दिएर राजनीतिबाटै सन्यास लिने पालिका अध्यक्ष कर्ण बहादुर रावलले बताएका छन् ।

सिमकोट गाउँपालिकाको बजेट खार्पुनाथ गाउँपालिकाको खातामा गएर खर्च हुँदा निक्कै आलोचना खेपेको गाउँपालिकाले स्थानीय उपभोक्ताहरुका अगाडी सम्पन्न भएका योजनाहरुको नाम र बजेटसहित सार्बजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष रावलले यस्ताे अभिब्यक्ति दिएका हुन् ।

कर्मचारीले मासिक प्रतिबेदन तयार नगर्दा कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष रावलले अन्य गाउँपालिका भन्दा खार्पुनाथमा स्तरीय र प्रभाबकारी काम भएको दाबी गरे ।

उनले पालिका र बैंकका कर्मचारीको लापरबाहीले सिमकोट गाउँपालिकाको बजेट खार्पुनाथ गाउँपालिकाको खातामा गएको सन्दर्भ बाहिर आएको हल्ला अनाबश्यक र भ्रमपुर्ण भएको बताए ।

जनप्रतिनिधिहरुलाई लेखाको कुनै जानकारी नहुँने भन्दै उनले यस आर्थिक बर्षबाट दुई सय रुपियाँको चेक काट्दा पनि जानकारी गराउन निर्देशन दिए। उनले भने, मानबीय कमीकमजोरी सबैबाट हुन्छन्, तर यहाँ त गाउँपालिकाको चरित्र हत्या गर्ने काम भयो ।,

यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले आर्थिक बर्ष ०७४।०७५को आय ब्यय प्रस्तुत गरेका थिए । यसरी सार्बजनिक सुनुवाई गर्ने सो गाउँपालिका पहिलो गाउँपालिका भएको छ । अधिकृत चन्द्रबिर शाहीद्धारा कुल २३ करोड १८ लाख ८५ हजार बार्षिक बजेट भएकोमा २४ करोड ६० लाख ८५ हजार सात सय २२ रुपिया खर्च भएको प्रतिबेदन सार्वजनिक गरिएको थियो । करिव दुई सय स्थानीय उपभोक्ताहरुको उपस्थिती रहेको सुनुवाई कार्यक्रममा सिमकोट गाउँपालिकावाट खार्पुनाथ गाउँपालिकाको खातामा गएको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपियाँवाट निर्माण भएका योजनाहरुको वारेमा निक्कै टिक्का टिप्पणी भएको थियो ।

गाउँपालिकाका अध्यक्ष कर्ण वहादुर रावलको अध्यक्षतामा संचालन भएको सुनुवाई कार्यक्रम खार्पुनाथ गाउँपालिकाको शिव मन्दिरमा सम्पन्न भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्