काठमाडौं, कात्तिक ३०

युईएफए नेसन्स लिगमा बेल्जियमले आइसल्याण्डलाई पराजित गरेको छ । २–० को जितसँगै बेल्जियम तीन खेलबाट नौ अंक बनाउँदै शीर्ष स्थानमा छ । अघिल्लो तीन खेलमा पराजित हुँदै रेलिगेसनमा परिसकेको अइसल्याण्डलाई हराउनका लागि दुबै गोल मिची बात्शुयाईले गरेका थिए ।

ब्रुसेल्सस्थित घरेलु मैदानमा पहिलो हाफमा गोल हुन सकेन । ६५औं मिनेटमा बात्शुयाईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिरले मिलाइदिएको बललाई गोलमा परिणत गरेका थिए । ८१औं मिनेटमा बात्शुयाईले अर्को गोल गरे । थोर्गन हाजार्डको पासमा हान्स भानाकेनले प्रहार गरेको सट आइसल्याण्डका गोलकिपरले बचाएका थिए । तर उनको हातबाट फर्किएको बललाई बात्शुयाईले गोल गरे ।

अर्को खेलमा क्रोएसियाले स्पेनलाई हराएको छ । जाग्रेवस्थित मैदानमा भएको खेलमा घरेलु टिमले स्पेनलाई ३–२ ले हरायो । क्रोएसियाको जितमा टिन जेट्भाजले दुई गोल गरे ।

यूईएफए नेसन्स लिगका अन्य खेलको नतिजाहरु

अष्ट्रिय विरुद्ध बोस्निया हर्जगोभिना (०–०)

ग्रीस विरुद्ध फिनल्यान्ड (१–०)

हंगेरी विरुद्ध इस्टोनिया (२–०)

एन्डोरा विरुद्ध जर्जिया (१–१)

लक्जेमवर्ग विरुद्ध बेलारुस (०–२)

सान मारिनो विरुद्ध माल्दोभा (०–१)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्