गोरखा /असोज १२ शुक्रवार 

नेपाली कांग्रेस गोरखा द्वारा जिल्लामा ९गाउँपालिका र दुई नगर मध्य ९वटा नगर तथा गाँउपालिकामा यति वेला वडा प्रशिक्षण कार्यक्रम संचालन भै रहेको छ जसमा गण्डकी मा पाटी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लखनथापा गा .पा मा पाटी सचिव नन्दु प्रसाद न्यौपाने भिमसेन थापा गा .पा मा पूर्व केन्द्रीय सदस्य चिरन्जीवी वाग्ले पालुङ्टार नगर मा केन्द्रीय सदस्य  कमला पन्त ,बारपाक सुलिकोट मा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे तथा प्रदेश सांसद प्रकाश दवाडी सिरानचोक मा मनकुमारी  गुरूङ् अजिरकोट मा अव्दुल सत्तार साथै गोरखा नगरपालिका मा पाटी सभापति हरिबहादुर घलेतथा किरण वावु श्रेष्ठ को नेतृत्वमा प्रशिक्षण कार्यक्रम भै रहेको छ भने उता आरुघाट गॉंउपालीका मा पुर्ण दाहालको नेतृत्वमा हुँदै छ भने उत्तरी भेगका दुई गॉंउपालीकामा पछि हुने जनाईएको छ ।

स्थानीय चुनाव मा राम्रो नतीजा हांसिल गर्न सफल कांग्रेस केन्द्रीय संसदीय तथा  प्रदेश सभाको चुनाव मा नराम्रो पराजय भोगे सगैं यति वेला गॉंउ जागरण अभियानका साथ प्रत्यक वडा मा पाटी प्रशिक्षण कार्यक्रम संचालन मा बेस्त छ नगर तथा गॉंउपालिकाका अधिकामंस वडा हरुमा कार्यक्रम सम्पन्न भै सकेको छ भने केहिमा हुने क्रममा रहेको पाटी सचिव नन्द प्रसाद न्यौपाने ले वताउनु भयो ।

प्रशिक्षणकै क्रममा आज भिमसेन थापा गांउपालिका अन्तर्गत वडा नं ४ साविकको (धावागाबिसमा) नेपाली कांग्रेस को पाटी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ उक्त प्रशिक्षणमा पूर्व मन्त्री एवम् कांग्रेस नेता चिरन्जीवी वाग्ले को प्रमुख आतिथ्य रहेको थियो ।पाटी नेताहरु ठाकुर पुडासैनि ,मोदनाथ खनान गॉंउपालीका पाटी संयोजक भरत भट्ट गॉंउपालीका अध्यक्ष ईश्वर पाण्डे ,उपाध्यक्ष विनु वाग्ले लगायत स्थानीय पाटी नेता तथा कार्यकर्ता को वाक्लो उपस्थित थियो ।प्रशिक्षण को क्रममा पाटी एक ढिक्का भएर अगाडी वढेमा कसैसंग पनि पराजय नहुने बताएका थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्