काठमाडौँ, ३१ असार, २०७५

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा मूल्य नबढाउने भएको छ । उपभोक्ताको हितलाई केन्द्रमा राखेर हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ ।

नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । सरकारले लगाएको कर टेलिकम आफैले बहन गर्ने भएको छ ।

कम्पनीले एडिएसलमा पनि पुरानै शुल्कलाई निरन्तरता दिने भएको छ । सरकारी स्वामित्वको टेलिकमले केही प्याकेजमा मूल्य समायोजन गरेको छ भने केहीमा पुरानैलाई निरन्तरता दिएको छ ।

विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी-फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको वैद्यले जानकारी दिनुभयो ।

त्यस्तै अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य भने केही बढाइएको छ । यी प्याकेजमा २५ देखि ५० प्रतिशत सम्म बोनस पनि दिइने वैद्यले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्