काठमाडौँ, २१ भाद्र २०७६ । आज शनिबार रातिबाट मोवाइल सेवा प्रयोगमा कठिनाई आउँन सक्ने भएको छ । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गर्ने भएकोले मोबाईल सेवामा समस्या आउँन सक्ने जनाएको हो ।

टेलिकमका अनुसार आज राति ११: ३० बजेदेखि अपग्रेडको काम सुरू हुने र सेवा अवरुद्ध भए मोवाइल स्वीच अफ गरी अन गर्न पनि आग्रह गरेको छ ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले जारी गरेको सूचनामा भनिएको छ “फोरजीरएलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११: ३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ” ।

साथै टेलिकमले प्रविधिमा आएका परिवर्तनहरुसंगै आफना सेवाग्राहीलाई पनि नयाँ प्रविधिमा आधारित सेवाहरु उपलब्ध गराउँने प्रयास पनि भईरहेको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्