चितवन, १९ भाद्र २०७६ । मनकामना केबलकार पाँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रा लि ले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि मर्मत–सम्भारका लागि भन्दै पाँच दिन सेवा बन्द गर्न लागेको हो ।

प्रा लि ले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ ।

मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको मनकामना दर्शन प्रा लि ले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्