फाइल तस्बिर

गोरखा १९ भाद्र २०७६ । नेपाली काङ्ग्रेसले भदौ २४ गतेदेखि जागरण अभियान सञ्चालन गर्ने भएको छ । बुधबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आउँदो मंगलबारदेखि जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

‘आगामी मंगलबारबाट गोरखाको हरेक प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ’, न्यौपानेले भन्नुभयो, ‘जागरण अभियानका लागि प्रचार प्रसार समिति पनि बनाइएको छ ।’ आफ्नो निर्वाचन क्षेत्रमा जिल्ला सदस्य, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसदहरुले सहजीकरण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

जागरण अभियानका लागि जिल्ला सचिव न्यौपानेको संयोजकत्वमा विश्वदेव श्रेष्ठ, रामप्रसाद भण्डारी, बिनाकुमारी श्रेष्ठ, मिना अधिकारी, धिरन थापा, गोविन्द गुरुङ, नरेन्द्र ढकाल र सुवास अधिकारी सदस्य रहेको प्रचार समिति गठन गरिएको छ ।

सोही बैठकले गोरखाको क्षेत्र नं १ मा धिरन थापा र क्षेत्र नं २ मा गोविन्द गुरुङ रहेको क्षेत्रीय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेश क को सभापतिमा दीर्घमान गुरुङ (नारायण) र ख मा इन्द्रकुमार गुरुङ सभापति चयन गरिएको सचिव न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र नं १ को दुवै प्रदेशको सभापति भने बिहिबार चयन गरिने जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्