काठमाडाैं, १६ भाद्र २०७६ । सिधा कुरा जनतासँगु कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानीको मुद्दा खारेज भएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले एक टिभी अन्तर्वार्ता गरेका थिए ।

प्रमाण नष्ट गरेको र यातना दिएको बारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजुले खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए ।

खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । पछि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो । आज सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरेको हो ।

श्रेस्तेदार तथा जिल्ला अदालत कञ्चनपुरका प्रवक्ता वस्तीले भने, ‘न्यायाधीशको फैसलाले आज मैले गरकै निर्णय सदर गरेको छ । यो सँगै उक्त मुद्दा खारेज भयो । ’पत्रकार भण्डारीको सल्लाहमा खड्गसिंहले रवि र जिसीविरुद्द मुद्दा हालेका थिए ।

सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविविरुद्ध खेम भण्डारी आफैंले पनि प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्