काठमाडौं, १५ भाद्र २०७६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलगायत उपकुलपति रिक्त भएका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगरी उपकुलपति नियुक्ति गर्न माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागबन्डा बन्द गर्न माग गर्दै आइतबार नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। नेविसंघले सरकारविरूद्ध पनि नाराबाजी गरेका हुन् ।

प्रदर्शनमा ने बि संघका नि।महामन्त्री कुन्दनराज काफ्ले,रामप्रसाद अधिकारी,युवराज पाण्डे,नवराज त्रिपाठी,उमेश थापा मगर,निरन्जन थापा,ईश्वर अधिकारी,गोपि सिवाकोटी,सुवास घिमिरे,दिपक ओझा लगायत बिद्यार्थीनेताहरु सहभागीता रहेको थियो ।

प्रदर्शनमा नि महामन्त्री काफ्लेले ने बि संघमा तत्काल नयाँ नेतृत्व आउनुपर्ने कुरा बताउँदै सबैलाई नसमेटिए दुईवटा ने बि संघ आउने चेतावनी समेत दिनुभयो ।

प्रदर्शनकारीले‘ शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’, भागबन्डाका आधारमा उपकुलपति नियुक्ति नगर’ जस्ता नारा लगाएका थिए । त्रिविलगायत विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्ति भएको छैन ।

सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा उपकुलपति सर्च कमिटी बनाइएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेकाले पनि उपकुलपति नियुक्तिमा ढिलाइ भएको हो ।

उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि त्रिविलगायतमा कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ । शिक्षाध्यक्ष सुधा त्रिपाठीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी लिएकी छन् । नेविसंघले दुइटामध्ये एक पद मात्रै रोज्न त्रिपाठीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्