काठमाडौं, १५ भाद्र २०७६ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको एक दिन अगाडी दर खाने दिन आज, दर खाएर तीज मनाइदैछ ।

अरु दिनको भन्दा फरक तरिकाले बनाएको विभिन्न मीठा मिठा परिकार बनाएर खानुलाई दरका रुपमा लिने गर्दछन् । दर खाने भनेको माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका विभिन्न मीठा मिठा परिकार बनाएर आजका दिन चेलिबेटि बोलाएर दर खुवाउनु वा खानु हो ।

यसैगरी दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने, कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरेको पाइन्छ ।

पहिले पहिले तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ । पहिलेजस्तो निराहर व्रत बस्ने चलन त बिस्तारै हराउँदै गएको छ ।

अहिलेका महिलाहरुले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखि फलफूल, दुध-दहि र पानी खाएर व्रत बस्ने गर्दछ । स्वास्थ्यलाई ध्यान दिँदै व्रत बस्दा आत्मसन्तुष्टि हुनाको साथै जीवनलाई सार्थक रुपमा अगाडि बढाउन मद्दत गर्दछ । यसरी ब्रत बस्दा खानाको एलर्जी तथा पेट फुल्ने समस्या भएकालाई  फाइदा हुन्छ भने, बढी खाएर भएको ग्याष्ट्राइटिस ठिक हुने गर्दछ ।

यसैगरी धेरै मोटो, कलेजोमा बोसो भएका, कोलेस्ट्रोल भएका र पेट ठूलो भएकाहरुलाई समय समयमा व्रत बस्नु राम्रो मानिन्छ ।

तीजको व्रत पनि धेरै प्रकारको हुन्छ कोही केही नखाएर निराहार व्रत बस्ने गर्दछ भने, कोहि पानी जुस पिएर, कोही एक दिन बिराएर वा केही दिन बिराएर खाना नखाइ व्रत बस्ने प्रचलन रहेको छ ।

यसरी व्रत बस्दा सुगरका नियमित औषधि खाने बिरामीलाई भने, प्रेसर लो भएर बेहोस हुने तथा ब्रेनमा असर पुग्ने सम्भावना हुन्छ ।

प्रेसरका बिरामीले बेलुका औषधि खाएर सुत्ने अनि भोलिपल्ट नुन, पानी नखाँदा चक्कर लागेर ढल्न सक्ने हुनाले निरहार व्रत बस्नु उनीहरुको लागि राम्रो मानिदैन । यसैगरी थोरै तौल छ भने व्रत बस्दा पानी तथा ग्लुकोजको मात्रा कम भएर ढल्ने सम्भावना धेरै हुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्