टोकियो, १३ भाद्र २०७६ । जापानमा अध्यनरत नेपाली बिधार्थीहरूको साझा संस्था नेपाली बिद्यार्थी समाज जापान (नेसाज ) ले बिभिन्न रचनात्मक क्रियाकलापका साथै जापानमा अध्यनरत नेपाली बिधार्थीहरूलाई आइपर्ने समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

नेसाज़ले यसै सन्दर्भमा १०१४-७-१४मा अध्ययनका लागि जापान पुगेका बर्दिया मुगरागडीका २९ वर्षीय रामहरि घिमीरेको जापानको कानागावा केनमा बसेर अध्ययन गरिरहेका घिमीरे एक्कासी पेट दुखेर चुरिन्काई अस्पताल भर्ना भएका थिए ।柏木実業専門学校 मा अध्यन गरिरहनु भएका बिधार्थी रामहरी घिमिरेको पेटको दुखाईका कारण २७ गते राती २ बजे अस्पतालमा उपचारकै क्रममा हुन गएको असहमायिक दुःखद निधनले गर्दा हामी सबैलाई स्तब्ध बनाएको छ ।

तत्कालको लागी उहाँको पार्थिब शरीरलाई नेपाल लैजानको जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुकोको साझा संस्था नेपाली बिधार्थी समाज जापान (नेसाज) ले तत्काल १ लाख सङकलन गरी सम्बन्धित पक्षलाई बुझाई पार्थिब शरीर नेपाल लैजान सहयोग गरेको बिधार्थी समाज का महासचिव कृष्ण प्रसाद भुसाल ले जानकारी दिनु भयो ।

१) चेतन पौडेल ¥ ३०००
२) तेजप्रसाद गुरुङ ¥ ३०००
३) कृष्ण भुसाल ¥३०००
४) प्रकाश भण्डारी क्षेत्री ¥३०००
५)अजय राना ¥३०००
६) शंकर भुसाल¥३०००
७)राजेन्द्र घिमिरे ¥३०००
८) सुदीप लम्साल ¥३०००
९)अनिल ज्ञवाली ¥३०००
१०) विश्वाश आचार्य ¥३०००
११) सुमन केशी ¥३०००
१२)दामोदर वस्ती¥३०००
१३) ईश्वर भट्टराई ¥३०००
१४) अमृत केसी¥३०००
१५) बिकास अधिकारीको नेतृत्व मा कुमामोतोबाट संयुक्त ४३हज़ार ।

यसरी आर्थिक सहयोग गर्नू हुने बिकास अधिकारी प्रकाश भण्डारी लगाएत सम्पूर्ण बिद्यार्थी साथीहरूलाई नेसाजका तत्कालीन अध्यक्ष एवं अधिनेशन मूल आयोजक समितिका सह-संयोजक तेज प्रकाश गुरुङले धन्यवाद व्यक्त गर्नुभयो ।

यसै गरी मृतकको सव नेपाल सम्म लैजान थप रक़म आवश्यक रहेकाले सहयोगका लागी थप सहयोग गर्नका लागी जापानबासी सम्पूर्ण नेपालीहरूमा संयोजक चेतन पौडेलले अनुरोध समेत गर्नू भएको छ ।

हाल जापानमा अध्ययनका लागि करिव २९ हज़ार नेपाली बिद्यार्थी र ब्यवसायी तथा कामदार लगाएत गरी करिव ९० हज़ारको हाराहारीमा नेपालीहरू रहनु भएको छ । दुर्घटना या अन्य कारणले गर्दा जापानमा नेपालीको मृत्यु हुने संख्या बढ़ेको छ भने नेपालसम्म शव लानका लागी करिव १० लाख को हारहारीमा ख़र्च लाग्ने भएकाले आर्थिक अभावको कारण शव प्रदेशीभूमी मा नै अन्तिम दाहसंस्कार गर्नू पर्ने बाध्यात्मक स्थिति रहेकोछ ।

अध्ययन पेशा होस वा रोज़गारी बिभिन्न उदेश्य प्राप्तिका लागि या जिबिकोपार्जनका लागि बाध्यताले प्रदेशीएका नेपालीको शरीर प्रदेशी भूमीमा नै विचल्ली हुन दिनु हुदैन भनी महासचिव कृष्ण प्रसाद भुसाल र अजय रानाले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पररास्टमन्त्री प्रदीप ज्ञवाली संग भेंट गरी ज्ञापन पत्र सहित जापानमा मृत्यु भएको शव नेपालसम्म लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले ब्यवस्था गरी परिवारलाई उचित राहात प्रदान गर्न माग समेत गर्नू भएको थियो ।

अब छिटै आफुहरूको माग सम्बोधन हुने कुरामा विश्वस्थ रहेको महासचिव भूसालले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्