एजेन्सी, ८ भाद्र २०७६ । चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । यसअघिका पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडसँग जित निकाल्न नसकेको  चेल्सीले तेस्रो खेलमा जित निकालेको हो । शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोल अन्तरले पराजित हो । चेल्सीलाई जित दिलाउन अब्राहमले दुई तथा मिसन माउन्टले एक गोल गरे । त्यस्तै नर्विचका लागि कान्टेवेल र पुक्कीले समान एक–एक गोल गरे ।

पाहुना टोली चेल्सीले खेलको तेस्रो मिनेटमानै सुरुवाती अग्रता बनाएको थियो । चेल्सीका लागि अब्राहमले गोल गरेका थिए । चेल्सीले अग्रता लिएको तीन मिनेट पछि घरेलु टोली नर्विचका कान्टवेलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको १७ औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–१ गोलको अग्रता दिलाए । यता खेलको ३० औँ मिनेटमा नर्विचका लागि पुक्कीले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । खेलको ६८ औँ मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई पहिलो जित दिलाउन सफल भए । यो जितसँगै चेल्सीका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रिमियर लिगको पहिलो जित बनेको छ । नर्विचविरुद्धको जित पछि चेल्सीले ३ खेलबाट ४ अंक जोडेको छ । यता नर्विचले ३ अंक जोडेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्