टोकियो, ७ भाद्र २०७६ । जनसम्पर्क समिति जापानको अग्रज भेला “फुजी सफारी पार्क” भ्रमण सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति जापानसंग आबद्द अग्रज तथा बिभिन्न पेशा व्यबसायमा रहेर जापान बस्नु भएका जनसम्पर्क समितिका पूर्व अध्यक्ष निबर्तमा अध्यक्ष लगाएत जनसम्पर्क समितिका बर्तमान कार्यसमितिका पदाधिकारी तथा जनसम्पर्क समितिमा आबद ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बिहान ८ बजे टोकियो सिनओकुबोबाट सुरुभएको यात्रा फुजी सफारी पार्कको अबलोकन गरी बिहानको खाना पश्चात औपचारिक कार्यक्रम गरिएको थियो ।सोहि अबसरमा जनसम्पर्क समिति जापान पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका महा-समिती सदस्य महेश कुमार श्रेष्ठको संयोजकमा कार्यक्रम संचालन भएको थियो ।

साथै उहाले NRNA ICC कोषाध्यक्ष पदको उम्मेदवारी पनि घोषणा गर्नु भएको थियो । उहॉंले ऑंफुलाई बिजय गराएमा बार्षिक रुपमा करिब ८ करोड कोष स्थापना गर्ने र बिदेशमा रहेका हरेक नेपालीको समस्यामा उक्त कोषबाट रकम खर्च गर्न सकिने बताउनु भयो ।

करिब २५ बर्ष देखि जापान बस्दै आउनु भएका श्रेष्ठ स्थापन कालदेखि नै एन आर एन ए मा सक्रीयका साथ तथा सफल व्यवसायी पनि हुनु हुन्छ । उहा सिटि एक्सप्रेस मनि ट्रान्फरको संचालक साथै बैंक बितिय संथा लगाएत नेपालमा हाईड्रोपावरमा समेत उहाको लगानी रहेको छ ।

सोहि कार्यक्रममा  NRNA NCC सचिबमा टिकाराम खरेल , क्षेत्रीय सचिब पदमा बिकास बस्नेत , साथै सदस्य पदमा राजेश खनालले समेत उम्मेदवारी घोषणा गर्नु भएको छ ।

सोहि अबसरमा जापान भ्रमणमा रहनु भएका ने का महासमिती सदस्य एवम् झापा गौरादह नगरपालिका मेयर रोहित कुमार शाहको पनि भ्रमण सहभागिता थियो ।

 

उक्त कार्यक्रममा पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठ निबर्तमान अध्यक्ष डि पि कंडेल बर्तमान उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल , पुश्कर जंग थापाले आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रम महामन्त्री राम जंग कार्कीले संचालन गर्नु भएको थियो । सोहि अबसरमा जनसम्पर्क समितिको बर्तमान अन्योलको अबस्था र एन आर एन ए चुनावमा आफ्नो भुमिकाबारे कार्यक्रममा छलफल भएको थियो ।

भ्रमणको साथ आयोजना गरिएको भेलामा जनसम्पर्क समितिमा आबद नेता तथा कार्यकर्ताकोण बाक्लो उपस्थिति रहेको थियो भने भ्रमणको व्यबस्थापनको संयोजन दिपेश के सि ले गर्नु भएको थियो ।

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्