काठमाडौं,  भाद्र २०७६ । नेपाली कांग्रेसका सांसद् गगन थापाले विश्वविद्यालयमा हुने भागबण्डाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा बिहीबार संसद्मा आफ्ना धारणा राख्दै थापाले मदन भण्डारी जनताको प्रिय नेता भएकाले ‘उहाँको नाम’ मा अहिले विश्वविद्यालय खोल्दा झनै उचाइ घट्ने हुँदा फिर्ता लिन सरकारसँग आग्रह गरेका हुन्  ।

“उहाँ जनताको प्रिय नेता हुनुहुन्छ,” थापाले भने, “यो फाउन्डेसनका नाममा विश्वविद्यालय खोल्नु भनेको तत्कालीन एमालेका दुई चार नेताको लागि मात्रै राम्रो हुने र सरकारी जग्गाको दुरुपयोग हुने हुँदा अहिले यो विधेयक फिर्ता लिनुस् । भोलि कांग्रेसको सरकार आउँदा पनि विभिन्न नेताका नाममा भएका फाउन्डेसनका लागि यसैगरी विधेयक आउन सक्छन् ।”

उनले पहिले संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय कस्तो हुन्छ भन्ने विषयमा बहस आवश्यक भएकाले त्यो काम गर्न सरकारलाई सुझाव दिए । “उच्च शिक्षा आयोगको प्रतिवेदन खोई ? त्यो प्रतिवेदन सार्वजनिक किन हुँदैन ?,” थापाको प्रश्न थियो । थापाले पहिले उच्च शिक्षाको नीति बनाउन प्रस्ताव गर्दै विधेयकले सबैलाई ओरालोतर्फ लैजाने बताए ।

नेकपाका सांसद खगराज अधिकारीले सवालजवाफमा उभिन नखोजेको स्पष्ट पार्दै सरकारी अनुदानमा एमालेका कुनै नेताले फाउन्डेसन नचलाएको बताए ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्