काठमाडौं, २ भाद्र २०७६ । नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको गम्भीर अध्ययन र अनुसन्धानका आधारमा छानबिन गर्न माग गरेको छ ।

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र सचिव उत्तम जोशीले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर अध्ययन र अनुसन्धानका आधारमा छानबिन गरेर पीडितलाई न्याय दिलाउन माग गरेका हुन् ।

“घटनाको गम्भीर अध्ययन र अनुसन्धानका आधारमा छानबिन गरी पीडितलाई न्याय तथा निर्दोष नपरुन् एव दोषी नछुटुन भन्ने मान्यता स्थापित गर्नका लागि जोडदार माग गर्दैछौं,” विज्ञप्तिमा भनिएको छ ।

पत्रकार पुडासैनीको मृत्युपछि उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस चितवनले जनताका मौलिक हक कुनै असहज परिस्थितिमा पनि हनन् हुन नहुनेमा जोड दिएको छ । स्वतन्त्र न्यायपालिका र विधिको शासनको सम्मान हुनुपर्ने तथ्यमा कांग्रेस दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा शान्तिपूर्ण रुपमा सभा-सम्मेलनमार्फत आफ्ना जायज मागहरुको पक्षिकरण गर्न पाउने संबैधानिक अधिकार प्रत्याभूत गर्न पनि भनिएको छ । जनतामा सरकारप्रतिको विश्वास घट्दै गएको गम्भीर परिस्थितिमा सम्बन्धित निकाय सचेत हुनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्